नेकपा मुख्य सचेतकमा भट्टराई

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उहाँलाई मुख्य सचेतकमा नियुक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.