पूर्वमन्त्री जोशीको स्वास्थ्य सुधार, दायाँ भाग चल्न थालेको डा. झाको भनाइ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

शुक्रबारको तुलनामा जोको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको उपचारमा संलग्न डा. राजीव झाले जानकारी दिनुभयो । तर जोशी खतरामुक्त भने नभएको उनको भनाइ छ ।

दायाँपट्टिको भाग र हातखुट्टा चले पनि बायाँ भागमा भने प्यारालाइसिस भएको छ ।

बिहीबार राति मस्तिष्कघात भएपनि नेता जोशीको अहिले नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.