संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गरेको हुँ- प्रचण्ड

काठमाडौं- अदालतको अवहेलना सम्वन्धी मुद्दामा नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएको छ ।

अदालतको अवहेलना सम्वन्धी मुद्दामा उहाँले आफै उपस्थित भएर लिखित जवाफ पेश गर्नु भएको हो ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताउनु भएको छ।

अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले अध्यक्ष प्रचण्ड बिरुध्द अवहेलना मुद्दा दर्ता गर्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.