मनाङमा पहिलो पटक पुग्यो ३३ के.भी को प्रशारण लाइन

मनाङ- हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङमा पहिलो पटक ३३ के.भीको केन्द्रीय प्रशारण लाइन पुगेको छ ।

यहाँको मौसम र वातावरण अनुकुल नभएपछि केन्द्रीय प्रशारण लाईनमा बिद्युत्तीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यस पटक भने फाइबर इन्सुलेटरबाट बिद्युत चार्ज गरिएसँगै मनाङमा पहिलो पटक केन्द्रीय प्रशारण लाइन जोडिएको हो ।

नेपाल विद्युत्त प्राधिकरण मनाङ वितरण केन्द«का प्रमुख मिलन सुवेदी का अनुसार जिल्लामा केिन्द«य प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो । सिमित जनशक्ति भौगालिक बिकटता अत्याधिक चिसो जस्ता प्रतिकुल समस्यका बाबजुद पटक पटकको प्रयास पछि भारातबाट फाइवर इन्सुलेटर झिकाएर जडन गरेपछि सफल भएको केन्द्रका प्रमुख सुबेदीले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा कर्यलय स्थापना भएको १८ महिना नै आफुहरु सफल भएको बताउनु भयो । दशकौँ देखि लघु जलबिद्युतको भरमा दैनिकी चलाउँदै आएका मनाङबासीले यो लाइनको बिस्तारसँगै आधुनिक प्रविधिका उपरकणसँग समेत जोडिने विश्वास लिएको वितरण केन्द्रका प्रशासन शाखा प्रमुख गुप्त राना बताउनुहुन्छ ।

उहाँका अनुसार यो केन्द्रीय प्रसारण लाइन लमजुङको उदिपुर सब इस्टेसनदेखि राधी हाइड्रोसँग कनेक्सन गरी मनाङको चामे गाउँपालिका १ स्यार्कु सबस्टेसनमा जोडिएको हो ।

बिक्रम सम्बत २०५१ साल देखी यस जिल्लालाइ केन्द्रिय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनितिक उत्रचडाव ,भौगोलिक बिकटता आबश्यक सामाग्रीको अभावका कारण अधुरो रहेको थियो । तत्कालीन समयमा यस जिल्लाबाट मन्त्री समेत हुनु भएका पाल्तेन गुरुँङले जिल्लालाइ सडक र बिद्युतको पहुच पुराउन आफुले सुरुवत गरेको र आज आफ्नो सपना पुरा भएको बताउनु भयो ।

उहाँका अनुसार सडकले २०५९ सालमा मनाङ जोडियो र अहिले बिद्युतको केन्द्रीय प्रसारण लाइन पुग्यो, ढिलै भए पनि सपना पुरा भएकोमा खुशी ब्याक्त गर्नुभयो । साबिकको लघु जलबिद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल , सामुदायिक विद्यालय , सरकारी कार्यालय मात्र होइन उद्योगी व्यापारीसमेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् ।

लघु जलबिद्युतका कारण सरकारी कार्यालय, बित्तीय संघ सस्थाले दैनिक कामकाजमा हैरानी खेप्नु परेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद लामिछानेले बताउनुभयो । अझ स्वास्थ्यको सामान्य भिडियो एक्सरेलाई समेत लाइनको भोल्टेज नपुगेको र अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न ३३ के.भीको केन्द्रीय प्रशारण लाइन फलदायी हुने जिल्ला अस्पताल प्रमुखको भनाइ छ ।

उपरकरणको माग अनुसार विद्युतीय प्रवाह हुन नसक्दा आबश्यक उपकरणको प्रयोग गर्न कठिन भएको देशकै नमुना मानिने मनाङ एग्रो प्रा.ली अब संचालनमा सहज हुने संचालक समराज गुरुङ बताउनुहुन्छ ।

उहाँका अनुसार यस कम्पनीबाट उत्पादन हुँदै आएका स्याउ भन्डारणदेखि अफ सिजनमा उपयोग गर्नका लागि भएका उपकरण सन्चालमा आउन सकेका थिएनन् । अव यस केन्द्रीय प्रसारणले सहज हुने उहाँको भनाइ छ ।

यस्तै पर्यटन ब्याबसायीले बिद्युत आपुर्तिका कारण पर्यटकका सामान्य आबश्यक समेत पुरा गर्न कठिन भएको र यस प्रसारणमा जोडिए सँगै अवका दिनमा सबै समस्याको समधान हुने बताएका छन् ।

समान्य कफी मेशिनसमेत सञ्चालन गर्न नसकेर दाउराको भरमा काम चलाउनु परेको दुखेसो होटल ब्यावसायीले बताए । पर्यटक आउँछन् मोबाइल, ल्यापटक, क्यामेरा चार्ज गर्नसमेत कठिन हुने गुनासो आउने होटल ब्याबसायी सेती गुरुङले बताउनु भयो ।

उहाँका अनुसार केन्द्रीय प्रसाण लाइन जोडिएसँगै हिटर , वासिङ मेसिन र गिजर समेत सन्चालनमा आएको छ । अहिले नेपाल विद्युत्त प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर बितरणसँगै मिटर जडानको काम थालेको छ ।

सरकारी कार्यलय,अस्पताल बिद्यालय र गाउँपालिकाका कार्यलय लगायत औधोगिक क्षेत्रमा यसको पहुँच पुगिसकेको बितरण केन्द्रले जनाएको छ । हाल यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रसासरण लाइन जडन गरिसकेको छ भने माथिल्लो मनाङ ,खाङसार , तिलिचो बेसक्यम्प, र थारोङ्ला हाइक्याम्पसम्म पोल गाड्ने काम सकेको छ ।

बितरण केन्द्रल यो बर्षको अन्त्यसम्ममा बिद्युत प्रसारण हुने जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.