खडेरीमा पानी माग्दै गाउँले

रुकुम पूर्व- रुकुम पूर्वमा अहिले पनि खडेरीमा पानी माग्ने चलन कायमै रहेको छ ।

मगर बस्तीमा परम्परादेखि खडेरीको बेला घर कुरिया उच्च हिमाली भेगमा लेकको पन्थ (पानीको मुहान) सम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने गर्छन् ।

यसरी होहल्ला गरिदिँदा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास रहेको छ ।

जिल्लाको पुथा उत्तरगंगा १० तकसेरामा गोठालो समुहको निर्णयले बिहानै भूमि देवतासँग पानी माग्न बृद्धबृद्धा, युवायुवती र बालबालिका पानीको मुहान मुहानमा होहल्ला गरी पूजा गर्दछन् ।

पानी माग्ने दिन केही फोहोरी शब्द बोल्दा कसैले पनि रिसाउन नपाउने गोठाला समुहका अध्यक्ष बिष्णु बुढामगरले बताउनुभयो ।

यहाँका समुदायले अरु समयमा फोहोर वा जुठो हुन्छ भनेर सुङ्गुरको मासु लेकतिर लाने गर्दैनन् तर पानीको लागि करिब ३५ सय मिटर उचाइको उच्च भूभागमा पुगेर सुङ्गुरको थुमा पुजा गर्ने गर्छन् ।

लेकमा पुजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा आन्द्राभुँडी सफा गरेर मासु पोलेर सबैले बाँडेर खाने गरेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.