नेपाल टेलिभिजनमा ‘दोहोरी च्याम्पियन’, सञ्चारमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं– नेपाल टेलिभिजनले आउँदो हप्तादेखि नेपाली लोकसंस्कृति सम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा-शो नियमित उत्पादन एवं प्रसारण गर्ने भएको छ ।

दोहोरी च्याम्पियनको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनको स्टुडियोमा उद्घाटन गर्नुभयो । नेपाल टेलिभिजनले नेपाली लोक संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी मेगा-शो उत्पादन एवं नियमित प्रसारण गर्ने भएको छ । सो मेगा-शो आउँदो हप्तादेखि प्रत्येक शनिबार बेलुकी ८।५० बजे नेपाल टेलिभिजनबाट उत्पादन एवं प्रसारण गरिने कार्यक्रम रहेको छ ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनबाट उत्पादन एवं प्रसारण हुने मेगा रियालिटी शो दोहोरी च्याम्पियनको शुभारम्भ गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि नेपाल टेलिभिजनले सुरु गरेको कार्यक्रम महत्वपूर्ण अभियानको रुपमा रहेको बताउनुभयो । उहाँले समाजमा रहेका विकृति र विसंगतिलाई हटाइ समाजमा सकारात्मक सन्देश दिन दोहोरीको आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले थप नयाँ कलाकार जन्माउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले दर्शकहरुको रुची अनुसार नेपाल टेलिभिजनले दोहोरी च्याम्पियन मेगा(शो सुरु गरेको जानकारी दिनुभयो ।

दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा बद्री पङ्गेनी र प्रीति आले रहनुभएको छ ।

कुल ३५ लाख रुपैयाँ राशी पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वीतीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः २० लाख रुपैयाँ १०, ३ र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरीबाट २४ कलाकार टोलीहरु छनौटमा परेका छन् भने २८ भाग दोँहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । दोहोरी च्याम्पियनका निर्णायकहरुमा दोहोरी विज्ञहरु प्रजापति पराजुली, रमेश बीजी, सीता थापा र चन्द्र शर्मा रहनु भएको छ ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापनको रुपमा की इन्टरटेनमेन्ट रहेको छ ।

मेगा-शो दोहोरी च्याम्पियन सिंहदरबारस्थित नेपाल टेलिभिजनको स्टुडियोमा छायाङ्कन भैरहेको छ ।

नेपाल टेलिभिजनले पछिल्लो समयमा नृत्य सम्बन्धी छमछमी, गायन सम्बन्धी नेपाल स्टारजस्ता मेगा-शो पछि नेपाली लोक संस्कृतिसँग सम्बन्धीत दोहोरी च्याम्पियन मेगा-शो सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.