नेप्सेमा ६३ अङ्कको वृद्धि, लघुवित्तका लगानीकर्ताले कमाए

काठमाडौं- साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३.३८ ले उकालो लागेर दुई हजार ५३८.४६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४४ ले उकालो लागेर ४५३.५९ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर रु पाँच अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २६.५२, व्यापार १३.२, होटल तथा पर्यटन १५३.७७, विकास बैंक ४६.८७, जलविद्युत् १३.८, वित्त ६.३७, निर्जीवन बीमा ५६१ं३४, उत्पादन १७२.८८, अन्य ५७.९४, लघुवित्त २४६.६, जीवन बीमा ७४२.७६, सामूहिक लगानी कोष ०.१६ र लगानी १.२५ अङ्कले बढेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब चार अर्ब ८४ करोड ५६ लाख ८० हजारको हाराहारी पुगेको छ । कारोवारमा आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ९० लाख २२ हजार बराबरको कारोवार भयो ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सक म्पनी रु ३१ करोड २० लाख ९४ हजार ९८,नेपाल पूर्वाधार बैंक रु २१ करोड १८ लाख ३८ हजार ७४८, माथिल्लो तामाकोशी रु १५ करोड ६३ लाख ६२ हजार ९२९, नबिल बैंक रु १३ करोड ९० लाख २९ हजार ६४५, नेपाल पुर्नबीमा कम्पनी रु १३ करोड १८ लाख ३६८, नेको इन्स्योरेन्स रु १२ करोड ६२ लाख ४३ हजार ९७२, डिप्रोक्स लघुवित्त रु १२ करोड १५ लाख ८५ हजार ४००, हिमालयन डिस्टिलरी रु १२ करोड १५ लाख ८५ हजार ४०० र अरुण भ्याली हाइड्रोपावर रु १२ करोड सात लाख ९९ हजार ५१५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक, मिथिला लघुवित्त सूर्योदय लघुवित्तका लगानीकर्ताले समान १० प्रतिशतले कमाउँदा सामुदायिक लघुवित्त ९.९९, समिट लघुवित्त ९.९८, चन्द्रागिरि हिल्स ९.९८, किसान लघुवित्त ९.९७, स्वाभिमान लघुवित्त ९.९६, यूनाइटेड इदी मदी हाइड्रोपावरका शेयरधनीले ९.७९ प्रतिशतले कमाए । यसैगरी ग्रीन लाइफ हाइड्रोपावर ६.०६, खानीखोला हाइड्रोपावर ६.०२, जोशी हाइड्रोपावर ५.१५, घलेम्दी हाइड्रोपावर ४.२२, दिव्यश्वरी हाइड्रोपावर ४.०३, एनआइबिएल प्रगति फण्ड ३.८३ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.