मुस्लिम समुदायको बिदा कटौती नगर्न आयोगको माग, प्रधानमन्त्रीले भन्नुभयो– ‘चित्त दुखाउँदिन’

आयोगले इद, बकर इद, मुहम्मद दिवस, मुहर्रम र शबे बारातमा नेपाल अधिराज्यभर बिदा दिन माग गरेको छ

काठमाडौं– मुस्लिम आयोगले २०७८ सालमा नेपाल सरकारद्वारा दिइने सार्वजनिक बिदामा मुस्लिम समुदायका धार्मिक साँस्कृतिक चाडहरुलाई पनि समावेश गर्न माग गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर २०७८ सालका पर्वहरुमा बिदा कटौती गरिएकाले सच्याउन माग गर्नुभयो । जवाफमा प्रधानमन्त्रीले मुस्लिम समुदायको बिदा कटौती नहुने उल्लेख गर्दै आफूले चित्त नदुखाउने बताउनुभयो ।

विगतको स्थानीय चुनावमा मुस्लिम समुदायको पर्वका कारण मतदान नै सार्न आफूले पहल गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले यसबारे छलफल गर्ने बताउनुभयो । आयोगले इद, बकर इद, मुहम्मद दिवस, मुहर्रम र शबे बारातमा नेपाल अधिराज्यभर बिदा दिन माग गरेको छ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको आगामी वर्षको बिदामा मुस्लिम समुदायका चाडहरुमा स्थान विशेषलाई मात्रै पर्व बिदा दिने समावेश छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.