उपभोक्ता हित संरक्षण समन्वय समिति गठन, अध्यक्षमा पौडेल

काठमाडौं– युवा उद्यमी नेत्रनाथ पौडेलको अध्यक्षतामा औषधिजन्य उत्पादन बजार, रोजगारी तथा उपभोक्ता हित संरक्षण राष्ट्रिय समन्वय समिति गठन भएको छ ।

काठमाडौंमा भएको भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ र शान्ता शर्मा, महासचिवमा नूरनाथ अधिकारी तथा कोषाध्यक्षमा केशव बर्मा चयन भएको छ ।

सदस्यहरुमा प्रकाश सुवेदी, शंकर थापा, राधिका गौतम, पोषक सापकोटा, जितेन्द्र यादव र मनोज गुप्ता चयन हुनुभएको समितिले जनाएको छ ।

समितिले रोजगारी सिर्जना र त्यसको व्यवस्थापन, उत्पादन र त्यसको वस्तुपरक व्यवस्थापन, उपभोक्ता पहुँचको सुविधा मूल्य निर्धारण, गुणस्तरीय औषधिजन्य उत्पादन बजार सहजीकरण र उत्पादन तथा उपभोक्ता हित संरक्षणको उद्देश्य राखेको पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.