प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

रुपन्देही- बिद्यालयका प्रधानअध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कालिका मानवज्ञान माबि बन्द गरिएको छ ।

नेपालमा दोश्रो लहरको कोरोना भाईरस संक्रमण प्रवेश गरेसँगै सिधै समुदायस्तरमा पुगेकोले बिद्यालय, शिक्षक र बिद्यार्थीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै सो बन्द गरिएको हो ।

रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो बिद्यालयमा आफुसहित शिक्षकहरु कोरोना संक्रमणमा परेपछि विद्यार्थीलाई संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताउनुभयो ।

प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परिक्षा संचालन भैरहेका कारण थप तीनदिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत संचालन गर्ने निर्णय भएको छ ।

यता रुपन्देही लगाएतका बिभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयहरुमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ ।

उता निजी विद्यालयको छाता संस्था प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेश गर्दै आएको छ । केही दिनयता विद्यालयस्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.