गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य, विपक्षी दलहरु आन्तरिक छलफलमा

कास्की- गण्डकी प्रदेश सभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य भएको जानकारी प्रदेश प्रमुख शेरचनले प्रदेश सभामुखलाई जानकारी गराउनुभएको छ ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको घोषणासँगै सरकार अल्पमतमा परेपछि नयाँ सरकारको गठन बारे चर्चा चलिरहँदा चालु प्रदेश सभा अधिवेशन अन्त्य भएको छ।

नेकपा एमाले नेतृत्वको सरकारको विरुद्द अरु दलहरु अविश्वासको प्रस्ताव दर्ता गर्न आन्तरिक छलफलमा जुटिरहेका बेला प्रदेश सभा अधिवेशन अन्त्य भएपछि आगामी रणनीतिका बारेमा दलहरु लागिरहेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.