काठमाडौंसहित १४ जिल्लामा विद्यालय बन्द गर्न स्वास्थ्यको अपिल, ७ बजेपछि होटल रेस्टुरेन्टमा नजान अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित कोरोना अति प्रभावित वर्गीकरण गरेका १४ जिल्लामा विद्यालयसहित सार्वजनिक क्षेत्र बन्द गर्न अपिल गरेको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले बुधबार एक सूचना जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा बागलुङमा भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिएको छ । साथै ती जिल्लामा सार्वजनिक क्षेत्र, होटल रेस्टुरेन्ट पनि ७ बजेपछि बन्द गर्न अपिल गरिएको छ ।

मन्त्रालयले विदेशी नागरिकलाई होटलमा राख्दा पीसीआर रिपोर्ट अनिवार्य माग गर्न र नेगेटिभलाई मात्रै राख्न भनेको छ ।


प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.