मोवाइल चार्ज गर्ने क्रममा एक जनाको मृत्यु, १५ घाइते

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

घाइते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ ।

चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती नभएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।

हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन् । त्यो ठाउँमा कसरी हाइभोल्टेज विद्युत प्रवाह भयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख दिपक सापकोटोले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.