मेडिकल कलेजका युनियनहरुको साझा आवाज- सामाजिक सम्वादलाई अघि बढाऔँ

पोखरा- नेपालका सबै मेडिकल कलेजमा कार्यरत कामदार कर्मचारीहरुका साझा समस्याहरुलाई साझा रुपमा समाधान गर्न सामाजिक सम्बाद अभियानलाई अघि बढाउने निर्णय यी कलेजका युनियनहरुको  एलायन्सले गरेको छ ।

युनियन नेटवर्क इन्टरनेशनल (युएनआई) ग्लोवल युनियनसँग आवद्ध युनियन अफ प्राइभेट हस्पिटल, नेपाल (युनिफिन) द्वारा फ्रेडरिक ईवर्ट इस्टीफटुङ्गको सहयोगमा नेपालका मेडिकल कलेजहरुमा कार्यरत कर्मचारी युनियनका प्रतिनिधिहरुको क्षमता अभिबृद्धिका लागि २ दिने प्रशिक्षण कार्यक्रममा यस्तो निर्णय भएको हो ।

राष्ट्रिय तथाअन्तर्राष्ट्रिय युनियन आन्दोलन र अभ्यासहरुका बारेमा प्रशिक्षण केन्द्रित रहेको थियो । नेपालका १६ वटा मेडिकल कलेजमा रहेका युनियनका २५ जनाको कार्यक्रममा सहभागिता थियो ।

यही बैशाख ३ र ४ गते गरी २ दिन संचालन भएको  प्रशिक्षणपछि युनिफिन अन्तरगत मेडिकल कलेज युनियन अलायन्स समेत निर्माण गरिएको छ ।

मेडिकल कलेजको प्रतिष्ठा, कर्मचारी व्यवस्थापन, श्रम अधिकारको रक्षा,शान्तिपूर्ण औद्योगिक सम्बन्धलगायतका कामदार कर्मचारीसँग सरोकार राख्ने बिषयहरुमा एलायन्सले सरकार, मेडिकल कलेज एसोसियशन र अन्य सरोकारवालहरुसँग सम्बाद र सहकार्य गर्नेछ ।

हाइब्रीड प्रविधिमाआधारित प्रशिक्षणमा अधिवक्ता मीना रानाभाटले श्रम ऐन, ट्रेड युनियन ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन नियम तथा युएनआई एप्रोका अर्गनाईजिङ्ग तथा कार्यक्रम संयोजक तिलकजंग खड्काले अन्तर्राष्ट्रिय श्रम आन्दोलन, राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐक्यबद्धता,श्रम सम्बन्ध र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी एफईएस नेपालका कार्यक्रम संयोजक चन्द्रदेव भट्ट र युएनआई नेपालकाअध्यक्ष शंकर लामिछानेले अनलाइन जुमको माध्यमबाट लाइभ प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोशियनका पूर्व अध्यक्षहरु डा. भोला रिजाल र डा. सुरेश कनौडियाले कार्यक्रम सफलता र सहभागीहरुलाई लिखित शुभकामना पठाउनु भएको थियो ।

कार्यक्रममा युनिफिनका वरिष्ठ उपाध्यक्ष मेघराज खड्का, महासविच संजय मण्डल, उपाध्यक्ष मन ब. खड्का, उपाध्यक्ष दिनेश पोखरेलले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रम संचालन  स्वास्थ्य मापदण्डलाई ध्यान दिएर सामाजिक दुरी कायम गरी सावधानीका साथ गरिएको युनिफिनकी कोषाध्यक्ष एवं आयोजक सदस्य प्रतिमा भट्टले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.