दोस्रो दिन पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दोस्रो दिन पनि वार्ता भइरहेको छ ।

होटल मेरियटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच दिउँसो २ बजेदेखि वार्ता भएको हो ।

वार्तामा बस्नुअघि दुवै नेताले मेरियटबाटै नवनिर्मित धरहरा नियाल्नुभएको थियो ।

बुधबार भएको वार्तामा विगतमा एक अर्काबाट भएका कमीकमजोरीबारे छलफल भएको थियो ।

नेपाल समूहले एमाले २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्कनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.