पीसीआर गर्नमात्रै आएका विदेशीको परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर भयावह रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा पनि बढ्दै गइरहेकोले अझ बढी जिम्मेवार भएर समाचार दिन पत्रकारहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना खेलाँची गर्ने भाइरस नभएको भन्दै सबैले जिम्मेवार भएर संक्रमण नियन्त्रणमा सघाउनुपर्ने बताएको छ । आज एक सूचना जारी गर्दै मन्त्रालयले सार्वजनिक व्यक्तित्व, धेरैले चिन्ने र अनुसरण गर्ने व्यक्तिहरुको भूमिका यस्तो जोखिमको स्थितमा थप जिम्मेवारपूर्ण हुनुपर्ने भनेको छ । सकेसम्म सार्वजनिक कार्यक्रम नगर्न, गर्नै परे थोरै मानिसहरुको उपस्थितिमा मात्रै आयोजना गर्न र त्यस्ता कार्यक्रममा मास्क नलगाइ उपस्थित नहुन पुनःस्मरण गराएको छ ।

मन्त्रालयले अहिलेको गम्भीर अवस्थामा भिडभाड हुने कार्यक्रमहरुलाई निरुत्साहित गर्न भन्दै मास्क नलगाइ भएका सार्वजनिक कार्यक्रमको समाचार प्रकाशन प्रशारण नगर्न समेत सञ्चारमाध्यमहरुलाई अपिल गरेको छ । यसैगरी अर्को सूचनामा मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर वा पीसीआर परीक्षण गर्न मात्रै नेपाल आउने विदेशी नागरिकहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.