बाँकेमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके- बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुने १२ जनामध्येमा सात बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं. ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका वडा नं १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका वडा नं ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नं ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका वडा नं ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.