बजेट २०७८/७९ : नेपाल टेलिभिजनको ‘एनटीभी वर्ल्ड’ च्यानल सञ्चालन हुने, पत्रकारलाई निःशुल्क उपचार

काठमाडौं– नेपाल टेलिभिजनको ‘एनटीभी वर्ल्ड’ च्यानल सञ्चालन हुने भएको छ ।

हाल पाँच वटा च्यानल प्रसारण गर्दै आएको नेपाल टेलिभिजनमा ‘एनटीभी वर्ल्ड’ च्यानल सञ्चालन गर्न बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘एनटीभी वर्ल्ड’ का लागि बजेट विनियोजन गरेको घोषणा गर्नुभयो ।

सरकारले ‘एनटीभी वर्ल्ड’ सँगै शैक्षिक र मौसमसम्बन्धि च्यानल सञ्चालन गर्ने बजेटमार्फत घोषणा गरेको छ ।

सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचार सेवा सुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्डका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

सरकारले सबै स्थानीय तहमा फोर-जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दूरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.