चुरे दोहन हुन दिंदैनौंः अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यमा उल्लेखित वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने भनी उल्लेख भएको विषयलाई लिएर आइरहेका प्रतिक्रिया प्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको स्पष्ट पार्नुभएको छ ।

सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी प्राप्त हुने सल्लाह र सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड एवं कानूनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.