आफूखुसी औषधि प्रयोग गर्दै होम आइसोलनमा बसेका संक्रमित
साथीभाइ र सामाजिक सञ्जालमा आएको सुझावले औषधि प्रयोग नगर्न विज्ञको अनुरोध
काठमाडौं– कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका विरामीहरुले साथीभाई र सामाजिक सञ्जालमा आएका विभिन्न सुझावका आधारमा विभिन्न प्रकारका औषधिको प्रयोग गर्ने गरेका छन् ।
कतिपय विरामीले छिटो निको हुने भन्दै यसरी औषधिको जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा झनै नकारात्मक असर पर्ने विज्ञहरुको भनाइ छ । कोरोना भाइरस आफैंमा नयाँ रोग भएकाले यसको हालसम्म कुनै पनि औषधि नबनेको र रोगका लक्षणका आधारमा मात्रै उपचार गर्ने गरिएको कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा।डा। जागेश्वर गौतमले बताउनु भयो ।
औषधिको जथाभावी प्रयोगले विरामीको स्वास्थ्य अवस्था झनै कमजोर बनाउन सक्ने भएकाले विज्ञ चिकित्सकहरुसँग सल्लाह लिएर मात्रै आवश्यक औषधि प्रयोग गर्न सुझाव दिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्