मन्त्री भएको तेस्रो दिनमै स्वास्थ्यमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । आम निर्वाचनबाट केपी ओली नेतृत्वको सरकार बनेलगत्तै उहाँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुभएको थियो । कानून मन्त्री भएलगत्तै पनि उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।

पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।

मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.