एमाले माधव पक्षको समर्थन पाएपछि मुख्यमन्त्री भट्टको पद जोगियो

धनगढी– एमाले माधव पक्षको समर्थन पाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ ।

मंगलबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिएका छन् । एमालेको खनाल-नेपाल समूहका १७ र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मत दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनुभएको हो ।

५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ मत आवश्यक थियो ।

मुख्यमन्त्रीको विपक्षमा नेकपा एमालेको संस्थापनका ७ र जसपाका २ गरी ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् ।

एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.