गोरखाका स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग

'संभव नेपाल' संस्थासहित काँग्रेस नेता खत्रीको उच्च प्रशंसा

गोरखा-  गोरखाका पाँच वटा स्थानीय तहलाई एक-एक वटा एम्बुलेन्स वितरण गरिएको छ । ‘संभव नेपाल’ नामक एक गैरसरकारी संस्थाले गोरखाको पाँच वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले गोरखा नगरपालिकामा आयोजित एक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्ससहित स्वास्थ्य सामग्रीको मुल्य एक करोड भन्दामाथि रहेको ‘संभव नेपाल’ले जनाएको छ ।

गोरखा नगरपालिकाको लागि दुईवटा, शहीद लखन गाउँपालिका, गण्डकी, भीमसने थापा र धार्चे गाउँपालिकाको लागि एक-एक वटा एम्बुलेन्स  दिइएको हो ।

पालिका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य पाण्डेले दूरदराजका जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्स एउटा महत्वपूर्ण सहयोग भएको बताउनुभयो ।

एम्बुलेन्स दूरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई उहाँले आग्रह पनि गर्नुभयो ।

कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन् भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको संभव नेपालका अध्यक्ष प्रेम खत्रीले बताउनुभयो ।

कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य साममग्री एम्बुलेन्समा रहेको खत्रीले बताउनुभयो ।

संभव नेपाल नामक संस्थाले गोरखाका स्थानीय तहलाई सहयोग गरेका एम्बुलेन्सहरु । फोटो सौजन्य : आत्माराम श्रेष्ठ, नेटीभी, गोरखा ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले ६५ वर्ष माथिको जेष्ठ नागरिक, अपाङ्गता भएका र सुत्केरीलाई निशुल्क सेवा दिने बताउनुभयो । उहाँले कोरोनाको पहिलो माहामारीका बेला थर्मल गन, एन्टिजेन किट लगायतका सामग्री सहयोग गरेर पालिकालाई सहयोग गरेको भन्दै महामारीका बेला पालिकामार्फत भएको सहयोगको प्रशंसा  पनि गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले एम्बुलेन्सको स्थानीय तहले सही सदुपयोग गर्नेमा आशाबादी रहेको बताउनभयो ।

एम्बुलेन्ससँगै सेनिटाइजर, मास्क, ग्लोब्स्, पीपीई, अक्सिमिटर, स्टेचर, एन्टिजिन किट, स्प्रे मेसिन, भिटिएम लगायतका सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

आरुघाट र चुमनुब्री गाउँपालिकालाई मास्क र सेनिटाइजर प्रदान गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

गोरखाको आरुघाट गाउँपालिका ८ घर भएका संभव नेपालका अध्यक्ष खत्रीले अफ्नो गृहजिल्लामा सहयोग गर्न पाउँदा खुशी मिलेको जानकारी दिनुभयो ।

संभव नेपालका अध्यक्ष खत्री नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं पर्यटन ब्यवशायी समेत हुनुहुन्छ । साथै उहाँले सहयोगलाई निरन्तरता दिने प्रतिवद्दता पनि व्यक्त गर्नुभएको छ ।

यस अघि पनि खत्रीले कोरोनाको पहिलो लहरका बेला ४० लाख मूल्य बरावरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको थियो ।

‘संभव नेपाल’ले आरुघाट गाउँपालिकाको मान्बुमा विद्यालयको होस्टल निर्माण, आरुपोखरीको भैरवी प्रावि निर्माण, भूकम्पपछिको पुन: निर्माण यता बिभिन्न खालको सहयोग गर्दै आएको  जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.