विज्ञापन संघले साताव्यापी कार्यक्रम गरेर ‘एड–डे’ मनाउने

काठमाडौं– वज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले साताव्यापी कार्यक्रम गरेर ‘एड–डे’ मनाउने भएको छ ।

आनले विविध कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह (जेष्ठ ३०–असार ७) सम्म मनाउने निर्णय अध्यक्ष सोमप्रसाद धितालद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आनका अनुसार एड–डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्बजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ट व्यक्तित्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योग सम्बन्धि र विज्ञापनले गरेको प्रभाव सम्बन्धि भिडियो क्लिप बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने तय गरेको छ ।

यसैगरी विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार˗उद्यमीलाई वेभिनार मार्फत् श्रोता समक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान,उपलव्धी र अवसर आदि विषयमा अन्तरक्रिया गर्ने र विभिन्न मिडियाहरुमा गराउने, नेपाल बिज्ञापन संघ (आन), एड–डे बिज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदीप थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.