पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध
डडेल्धुरा- लगातारको वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोडने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ ।
भिमदत्त राजमार्ग खण्ड अन्तर्गत डोटीको गैरा बजार नजिक डडेल्धुरातर्फको क्षेत्रमा सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गाङखेतका इन्चार्ज खगेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री वोकेका दर्जनौ मालवहाक सवारी साधनहरु रोकिएको प्रहरीले जनाएको छ ।
एकाबिहानै आकस्मिक पहिरो आएपछि सवारी साधन बिच बाटोमै रोकिएका कारण बाटो खोल्न दुई डोजरहरु प्रयोगमा रहेको र पहिरो जाने क्रम नरोकिएकोले खोल्न समय लाग्ने इन्चार्ज कार्कीले बताउनभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्