पहिरोले भत्काएपछि मनाङ सडक सम्पर्क विच्छेद

काठमाडौं– पहिरोका कारण मनाङमा करिब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । ग्रामीण सडकहरु पनि पहिरोले भत्काएपछि मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।

यस वर्षको मनसुनको सुरुवातमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति पुगेको हो । पहिरोको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ । यसैबीच मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मर्स्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदि खुलाइएको हो ।

हिजो दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो ।

तत्कालका लागि जोखिम टरेपनी जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.