कोरोना असर राजस्व असुलीमा

काठमाडौं– कोरोना भाइरसको संक्रमणको असर भन्सार राजस्व असुलीमा समेत देखिएको छ ।

रसुवागढी नाकाबाट आयात निर्यात सहज बन्न नसक्दा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ । सोही कारण रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ राजस्व संकलनमा वार्षिक लक्ष्य हासिल गर्न नसक्ने भएको छ ।

चालु आर्थिक वर्षको ११ महिना सक्किदा वार्षिक लक्ष्यको आधा रकम पनि संकलन हुन नसके पछि वार्षिक लक्ष्य पूरा गर्न नसक्ने देखिएको हो । कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न अबको एक महिनामा ४ अर्ब १३ करोड ४३ लाख ९० हजार राजस्व संकलन गर्नुपर्ने देखिएको छ । तर यो एक महिनामा चीनबाट आयात भएको दरलाई हेर्ने हो भने यो रकम संकलन हुन सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । अहिले चिनले दैनिक ५ देखि ८ कन्टेनर चिनिया गाडिमा नेपाली भूमिमा सामान ल्याइरहेको छ ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ । चीनको केरुङबाट रसुवागढी नाका हुदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने भएपनि कोरोना संक्रमण सुरु भए यता चीनले एकतर्फी मात्र नाका खुल्ला गरे सँगै नेपाल बाट हुने निर्यात भने शून्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.