युरोकप फुटबलमा इटलीद्वारा वेल्स पराजित, दुवै टिम दोस्रो चरणमा

युरोकप २०२० को समूह ए अन्तर्गतको अन्तिम चरणको खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

वेल्सलाई पराजित गर्दै इटली समूह चरणको खेल समाप्तीसँगै तीन खेलमा नौ अंक बटुल्दै शीर्ष स्थानमा रहन सफल भएको हो ।

पहिलो हाफको ३९औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । इटलीले हिजोको खेलमा आफ्नो प्रमुख खेलाडीहरुलाई विश्राममा राखेपनि जीत भने आफ्नो पक्षमा पारेको थियो ।

वेल्स भने पराजित भएपनि गोल अन्तरमा अघि रहँदै अन्तिम १६ मा आफ्नो स्थानमा बनाउन सफल भएको छ ।

त्यसैगरी गएराती सम्पन्न समूह ए अन्तर्गतको अर्को खेलमा स्वीट्जरल्याण्डले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै स्वीट्जरल्याण्ड चार अंक बटुल्दै वेल्ससँग बराबरी अंकमा रहेपनि गोल अन्तरका कारण स्वीट्जरल्याण्डले भने अब अन्तिम १६ का लागि अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतिक्षा गर्नुपर्नेछ ।

युरोकप २०२० को समूह सी अन्तर्गतको अन्तिम चरणको खेल आज साँझ खेलिदैछन् । आजको खेल नर्थ मेसिडोनिया र नेदरल्याण्डबीच हुँदैछ । अर्को खेल युक्रेनले अष्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ । यी दुवै खेल नेपाली समय बेलुकी ९.४५ बजेबाट सुरु हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.