कोपा अमेरिका : अर्जेन्टिनाले पाराग्वेलाई हरायो, उरुग्वे र चिली बराबरीमा
कोपा अमेरिका अन्तरगत आज विहान २ वटा खेल भएका छन् ।
आज बिहान सम्पन्न खेलमा अर्जेन्टीनाले पाराग्वेलाइ १ – ० गोल अन्तरले हराएको छ । अर्जेन्टिना र पाराग्वेबिच भएको कडा प्रतिस्पर्धामा अर्जेन्टिनाले जित निकालेको हो ।
पहिलो हाफको अन्त्यतिर स्ट्राइकर लियोनेल मेस्सीले गरेको सुन्दर गोललाई रेफ्रीले अफ साइड दिएपछि केही विवाद भएको थियो ।
यसअघि उरुग्वे र चिलीबीच भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्