काँग्रेसमा सुनिल थापासहित ५५ जना महासमिति सदस्य थप

काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट काँग्रेस प्रवेश गर्नुभएका सुनिलबहादुर थापा समूहका ५५ जनालाई काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको लागि महासमिति सदस्यमा समायोजन गरेको छ ।

आज काँग्रेस केन्द्रीय कार्यालयले एक पत्रमार्फत काँग्रेसका सह–महामन्त्री थापालाई पार्टी समायोजनको निर्णय जानकारी गराएसँगै महासमिति सदस्यहरुको नामावली पनि सँगै दिएको हो ।

काँग्रेसले सह–महामन्त्री थापासहित राप्रपाबाट काँग्रेस प्रवेश गर्नुभएको केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा नियुक्ति गर्ने निर्णय पहिले नै गरेपनि पार्टी केन्द्रीय कार्यालयले आज मात्र पत्र लेखेको हो ।

थापा समूहबाट समायोजनका लागि सहमति भएबमोजिम काँग्रेसले यो निर्णय गरेको सह-महामन्त्री थापाले जानकारी दिनुभयो ।

काँग्रेसको १४ औ केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीमा छलफल गर्दै काँग्रेसलाई थप मजबुत बनाउदै अघि बढ्ने तयारी रहेको थापाले बताउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.