परीक्षण बढ्दा संक्रमित संख्या फेरि उकालो लाग्यो, मृत्यु स्थिर

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण गएको २४ घण्टामा उकालो लागेको छ । परीक्षण वृद्धि हुँदा संक्रमित संख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा पीसीआर र एन्टीजेन गरी १६ हजार ९ सय १३ जनाको परीक्षण हुँदा ४ हजार ५ सय २२ जना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरुको रिपोर्ट एकमुष्ट प्राप्त भएकाले परीक्षण र संक्रमण दर रिपोर्टमा वृद्धि देखिएको हो ।

गएको २४ घण्टामा ४ हजार ९ सय ५४ निको भएका छन् । नेपालमा निको हुने दर ९० दशमलव २ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.