विपक्षी गठबन्धनद्वारा कानूनी शासनको पक्षमा भूमिका खेल्न आह्‍वान

काठमाडौं– विपक्षी गठबन्धन दलका नेताहरूले संविधान, लोकतन्त्र र कानूनी शासन जोगाउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न आह्वान गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै विपक्षी गठबन्धनले सरकार मुलुकको पछिल्लो अवस्थाप्रति गम्भिर नभएको आरोप लगाएका छन् । कोरोनाको महामारी, प्राकृतिक विगतबाट सृजित समस्याको समाधान, नागरिकको सुरक्षा र शान्तिसुरक्षा कायम गर्न सरकार चुकेको भन्दै विपक्षी गठबन्धनले विज्ञप्तिमा खबरदारीका लागि आह्वान गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा देश गम्भीर सङ्कटतर्फ धकेलिएको भन्दै गलत गतिविधि बन्द गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.