ट्रक त्रिशुलीमा खस्यो, चालक भेटिएनन्

धादिङ– धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौदी ज्यामिरेघाट खण्डमा भएको सवारी दुर्घटनामा परी ट्रक सहित चालक त्रिशुली नदीमा बेपत्ता भएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरैको ना ३ ख ८०७४ नम्बरको ट्रक विहानीपख दुर्घटनामा परी त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार ट्रकमा सवार चालक बाहेक अरु को को थिए भन्ने यकिन नभएको जनाइएको छ । ट्रकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको कपडा बोकेको तीन मध्य एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको हो । नदीको बहाव निकै ठूलो भएकोले दुर्घटनामा परेको ट्रक अवस्था अज्ञात छ।

पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। खेतमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरुको ज्यान गएको हो । घाइते राजवंशी महराको उपचार भइरहेको र अन्य तीन जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.