इंग्ल्याण्ड र युक्रेन युरोकप फुटबलको क्वार्टरफाइनलमा

नकआउट चरणमा निकै बलियो दावेदार मानिएको जर्मनीलाई हराउदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। त्यसपछि शुरु भएको दोश्रो हाफको ७५ औ मिनेटमा इंग्ल्याण्डका रहिम स्टरलिङ र ८६ औ मिनेटमा स्ट्राईकर ह्यारी केनले १-१ गोल गरेपछि जर्मनी खेलबाट बहिरिन बाध्य भएको हो ।

यसैगरी अर्को खेलमा स्विडेनलाई पराजित गर्दै युक्रेन पनि १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.