निरन्तर वर्षाले ठाउँठाउँमा पृथ्वी राजमार्ग अबरुद्ध

काठमाडौं– बुधबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि बिहान ३ बजेदेखि प्रहरी राजमार्ग खुलाउन प्रयास गरिरहेको छ ।

यसैगरी बन्दिपुर–४ तामुङमा पहिरोले दुई घर बगाउँदा एक जना बेपत्ता भएको र पाँचको उद्धार भएको जानकारी पाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले बन्दिपुर–३ मा दुई वडा नं ५ मा तीन घर बगाएको खबर छ । मानवीय क्षति नभएको र अन्य क्षेत्रमा भएका घटनाको जानकारी लिने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो गए राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

लगातार भईरेको बर्षादका कारण पोखरा महानगरपालिकाका बिभिन्न क्षेत्र पानीको ढुवानमा परेका छन् । डुवानमा परेका बस्तीको गण्डकी प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारीको टोलीले स्थलगत अनुगमन गरेको छ ।

वर्षाका कारण पोखराको बेग्नास सिँचाइ आयोजनाको कुलोको क्षमता भन्दा बढी पानीको बहावका कारण नगरको बिभिन्न क्षेत्रको बस्ती डुवानमा परेका हुन् । पानीको बहावका कारण पोखरा महानगरपालिका वडा नं. ३० को घोतघोते र ३२ को तल्लो गगनगौंडाका गरी १ सय बढी घर गोठ जोखिममा परेका छन भने करिब ५ सय रोपनी क्षेत्रफलमा लगाईएको मकै खेती तथा तरकारी र फलफुल खेती डुवानमा परेपछि स्थानिय हरु चिन्तीत बनेका छन् ।

डुवान क्षेत्रको अनुगमनमा सहभागी गण्डकी प्रदेशसभाका सदस्य दिपक कोइरालाले नहरबाट क्षमता भन्दा बढी छोडिएको र स्थानीय स (साना खोला एवं मुलबाट मिसिएर आएको पानीका कारण बस्ती डुवानमा परेकोले सम्बन्धित निकाएका प्रतिनिधिसँग छलफल गरी समस्याको समाधान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.