यात्रुबाहक सवारी साधन चलेसँगै उपत्यका भित्रने नाकामा भिडभाड
धादिङ- झण्डै दुई महिनापछि राजमार्गमा भाडाका यात्रुबाहक सवारीका साधनहरु पनि गुड्न थालेका छन ।
कोरोना महामारीको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकाले राजधानीलगायत देशका विभिन्न भागमा निषेधाज्ञा केही खुकुलो बनाएसँगै राजमार्गमा भाडाका यात्रुबाहक सवारीका साधनहरु पनि गुड्न शुरु गरेका हुन ।
तर यसरी पृथ्वी राजमार्ग हुँदै राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरुले नागढुङ्गा नाकाबाट सहजै उपत्यका प्रवेश गर्न नपाउँदा भने यात्रुहरुले निकै सास्ती खेप्नु परेको गुनासो गर्नुभएको छ ।
देशका विभिन्न जिल्लाहरुबाट राजधानी काठमाण्डौ आएका यात्रुहरु अहिले नगाढुङ्गा, खत्री पौवा र पिपला मोडमा नै ओर्लिएर नाका प्रवेश गर्ने गरेको बताउँछन ।
यसरी सिधै राजधानी प्रवेश गर्न बाहिरी जिल्लाहरुबाट आएका सवारीका साधनहरुलाई रोक लगाइएका कारण यात्रुहरुले सास्ति पाउने मात्र होइन कोरोना संक्रमणको त्रास पनि उत्तिकै रहेको छ ।
तराइ लगाएत विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुको भिड नाकाहरुमा लाग्ने भएकोले गर्दा यस्तो समस्या आएको हो ।
यात्रुहरुलाई एकातिर सवारीका साधनहरुले महङ्गो भाडा असुल्ने गरेको छ भने आर्कोतिर देशका विभिन्न स्थानहरुबाट राजधानी काठमाण्डौका लागि आएका यात्रुहरुको भिडले संक्रमणको जोखिम बढेको छ।
उपत्यकामा निषेधाज्ञा खुकुलो भएसंँगै साविककै जस्तो गरी राजमार्गमा यात्रुबाहक सवारीका साधनहरु चल्न थालेपछि दुर्घटनाको दर समेत राजमार्गमा अहिले उत्तिकै बढ्दो छ ।।






प्रतिक्रिया राख्नुहोस्