संबैधानिक इजलासमा निवेदकका तर्फबाट जवाफी बहस शुरु,आजै एमिकस क्युरीको बहस पनि हुने

काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ ।

जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ । जवाफी बहस शुरु गर्नुअघि इजलासले रिट दायर गर्ने पक्षका वकिलहरुलाई विभिन्न प्रश्नहरु राखेको छ ।

इजलासले राखेका प्रश्नमा शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्दा नक्कली कागजात पेस भएको, केरमेट गरिएको, टिपेक्स लगाएको आरोप छ ?, १४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक थिए भन्ने छ त्यो के हो ? संवैधानिक इजलाशमा आउने प्रक्रिया पूरा भएन, भन्ने छ त्यो के हो ?, अदालतले प्रधानमन्त्री नियुक्त गर्ने हो ? संविधानको आफ्नै प्रक्रिया छ, अदालतले के गर्ने हो ? जस्ता प्रश्न रहेका छन् ।

रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने कानून व्यवसायीले ती प्रश्नको जवाफ दिनु हुनेछ ।

रिट निवेदक पक्षको करीब २ घण्टाको बहसको समय बाँकी छ । जवाफी बहस सकिएपछि अदालतका सहयोगी ‍एमिकस क्युरीले आजै वहस गर्ने भएको छ ।

त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.