कोपा अमेरिकामा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

कोपा अमेरिका २०२१ अन्तर्गतको दोस्रो सेमिफाइनल खेल आज बिहान सम्पन्न भएको छ । बिहान नेपाली समय अनुसार ६.४५ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको सातौं मिनेटमा अर्जेन्टिनाले गरेको गोलले लिएको अग्रतालाई दोस्रो हाफको ६१औं मिनेटमा कोलम्बियाले गोल गर्दै खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा अर्जिन्टिनी गोल रक्षकले तीनवटा महत्वपूर्ण प्रहारलाई गोल हुनबाट बचाउ गरेपछि अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई ३-२ ले पराजित गरेको हो ।

अब अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनल खेल ब्राजिलसँग जुलाई ११ मा खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.