अध्यक्ष ओली र नेता नेपालबीच वार्ता, अध्यक्ष ओली र नेता नेपालले प्रतिक्रिया दिनुभएन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ काठमाडौंको एक होटलमा भएको छलफल सकारात्मक भएको नेताहरुले जनाएका छन् । तर भेटमा पार्टी भित्रको विवादका विषयमा कुनै सहमति भने हुन सकेन ।
एमाले नेता नेता भीम रावलले विवादलाई कसरी सकारात्मक परिणामतर्फ लैजाने भन्ने विषयमा छलफल भएको बताउनुभयो । लामो समयदेखिको विवाद भएकाले गम्भीर कुराकानी गरेर मात्रै निर्णयमा पुगिने उहाँले बताउनुभयो । उहाँले बिहीबार बस्ने विवाद समाधान कार्यदलको बैठकमा थप छलफल हुने रावलले बताउनुभयो ।
एमाले कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पनि छलफल सकारात्मक भएको भए पनि टुंगोमा नपुगेको बताउनुभएको छ । सुरुमा ओली–नेपाल दुवै समूहका कार्यदल सदस्यसहित छलफलमा बस्नुभएको थियो भने त्यसपछि एक्लाएक्लै छलफल भएको थियो । यसअघि बुधबार दिउँसो भएको एमालेको कार्यदलको बैठकले ओली नेपालबीच कुराकानी भएपछि मात्रै टुंगोमा पुग्न सकिने निष्कर्ष निकालिएको थियो।








प्रतिक्रिया राख्नुहोस्