पाल्पामा पहिरोले ५ घर बगायो, एकजनाको मृत्यु एकजना बेपत्ता, सिदार्थ राजमार्ग अबरुद्ध

पाल्पा- पाल्पामा गएरातीदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले ५ घर बगाएको छ । बाढीले एक जनाको मृत्यु भएको छ भने पहिरोमा परी एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिकाको वडा नं. ५ हिउँदेखोला नजिकै पहिरोले पुरेर स्थानीय ४८ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । यस्तै पूजा परियारका चार वर्षीय छोरा आरोब परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

यस्तै पहिरोले सोही स्थानका ५ घर पुरेको पनि प्रहरीले जनाएको छ । उता दर्जनबढी स्थानमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सिदार्थ राजमार्गको झुम्सा, सिद्धबाबा, दोभान, कालीमाटी, लामेदमार, सीता पहाड, सेरा लगायतका स्थानमा पहिरोले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ । अहिले पनि निरन्तर पानी परेका कारण उद्दार तथा सडक खुलाउन समेत समस्या भएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.