युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

काठमाडौँ- युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।

रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ ।

कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो । उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.