२३ महिनाको गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर !

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर रहेको छ भने वजन २८ किलो रहेको छ ।

कोरोनाको संक्रमण बढेका कारण बाङ्लादेशमा देशव्यापी लकडाउन गरिएको छ । लकडाउनकै बीच पनि रानी नाम गरेको अनौठो गाईलाई हेर्न १५ हजारभन्दा बढी मानिस बंगलादेश पुगिसकेका छन् ।

राजधानी ढाका नजिकै च्यारीग्राम भन्ने स्थानमा रहेको गाई फार्ममा दिनदिनै सानो गाई हेर्नेको भीड बढिरहेको छ । फार्मका व्यवस्थापकले संसारकै होचो गाईका रुपमा रानीको रेकर्ड कायम गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएका छन् ।

आगन्तुकहरुले आफ्नो जीवनमा यस्तो सानो र अनौठो गाई कहिल्लै नदेखेको बताएका छन् । यस अघि गिनिज वल्ड रेकर्डमा संसारको होचो गाई भारतबाट ६१ दशमलब १ सेन्टिमिटर उचाईको रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.