झण्डै साढे तीन वर्षपछि प्रधानमन्त्री ओली सिंहदरवारबाट बाहिरिँदा….(फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो साढे तीन वर्ष लामो सत्ता नेतृत्वबाट बाहिरिनुभएको छ ।

संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपतिले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेसँगै अध्यक्ष ओली बाहिरिनुभएको छ ।

प्रधानमन्त्री ओली २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेको संसदीय दलका नेताकारुपमा २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

गत वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत गुमाएपछि पदमुक्त हुनुभएका प्रधानमन्त्री ओली त्यसको तीन दिनपछि पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कुनै पनि दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

२०७४ सालमा तत्कालिन माओवादी केन्द्रको समर्थमा प्रधानमन्त्री हुनुभएका ओलीको नेतृत्वमा दुवै पार्टी एक भएर पुनः अलग अलग भइसकेका छन् । झण्डै दुई तिहाइ बहुमतको नेतृत्व गर्नुभएका ओली अल्पमतमा परेर बिदा हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार सिंहदरवारबाट बाहिरिनुअघि देशबासीका नाममा विशेष सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.