साउने सोमबार : शिवालयहरुमा भक्तजनहरुको घुइँचो

काठमाडौँ- साउनको पहिलो सोमबार आज देशभर शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।

आज बिहान पशुपतिनाथ परिसर लगायत अन्य शिवालयहरुमा भक्तजनले पूजाआजा गरेका हुन ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निषेधाज्ञा जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिर अहिले पनि बन्द छ । तर पशुपति मन्दिरमा पुगी बाहिरैबाट भक्तजनहरुले दर्शन गरेका छन् ।

आज विहान पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सामान्य देखियो । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरेर फर्किएका थिए।

साउनलाई शीवको पूजा गर्ने पवित्र महिना मानिन्छ ।

विशेषगरी महिलाहरुले कोरोनाका कारण घर-घरमै ब्रत बसी पूजाआजा गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा समृद्धि प्राप्त हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.