आयरल्याण्डसँगको पहिलो टी-ट्‍वान्टी क्रिकेटमा साउथ अफ्रिकाको जित

साउथ अफ्रिकाले आयरल्याण्डसँगको पहिलो टी-ट्‍वान्टी क्रिकेटमा ३३ रनको जीत दर्ता गरेको छ ।

आयरल्याण्डको द भिलेज स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली साउथ अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

१६६ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको आयरल्याण्ड २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रनमा समेटिन पुगेपछि साउथ अफ्रिकाले ३३ रनको फराकिलो जीत निकालेको हो ।

आयरल्याण्डलाई सस्तैमा समेट्न साउथ अफ्रिकाका बलर ट्याबरेज साम्सीले आफ्नो व्यक्तिगत चार ओभरमा २७ रन खर्चंदै चार विकेट लिन सफल भएका थिए ।

गएराती सम्पन्न सो खेलमा म्यान अफ द म्याच समेत घोषित भएका थिए । तीनवटा टी-ट्‍वान्टी खेलको श्रृंखलामा यो जीतसँगै साउथ अफ्रिकाले १-० ले अग्रता लिएको छ । दोस्रो टी-ट्‍वान्टी खेल भने अब जुलाई २२ तारिखमा खेलिंदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.