बीपी कोइराला बहुआयामिक व्यक्तित्वः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउनु भएको छ ।

बीपी कोइरालाको ३९ औं स्मृति दिवशको सन्दर्भमा बुधबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिमा अब्बल वीपी साहित्यमा समेत उत्तिकै अब्बल रहेको उल्लेख गर्नुभयो । उहाँले बीपीलाई सानो देशको ठूलो मानिसका रुपमा समेत परिचित रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले बीपीको विचार अझैपनि समयानुकूल भएको उल्लेख गर्नुभयो । उहाँले बीपीका विचार तथा योगदान कांग्रेसलाई मात्र नभइ युवा शक्तिका लागि समेत ऊर्जावान रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.