गठबन्धनको भावनाअनुसार न्यूनतम साझा कार्यक्रमः माओवादी केन्द्र

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधार बसेको स्थायी समिति बैठकले गठबन्धनको साझा कार्यक्रम ल्याउने र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकमा सरकारमा सहभागी हुनेबारेमा कुनै छलफल नभएको उहाँले बताउनुभयो

सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । माओवादीले पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यही साउन २० गते केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न यही साउन १७ गते स्थायी समिति बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.