बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको शान्ति दीप र मुख्य नहर क्षेत्रबाट देखिने विश्व शान्ति दीप ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्वतको अर्मादीमा पुल नबन्दा जोखिम मोलेर खोला पार गर्दै सवारीसाधन ।आकाश खुलेसँगै शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ घोकेचौरबाट देखिएको आजादडाँडाको नेपाल बनेपा पोलिटेक्निट ईन्ष्टिच्युटको भवन । साथमा त्यसमाथि निलो आकाशमा उडेको बादलुको सुन्दर दृश्य ।शेरपुंजा र पाइजा मगर समुदायका मानिसको बाहुल्यता रहेका म्याग्दीको कोटगाउँ । यो गाउँ रघुगङ्गा गाउँपालिका–६ मा पर्छ । यहीबाट शेरपुंजा र पाइजा थरका मगर समुदाय नेपालका विभिन्न ठाउँहरुमा फैलिएका हुन् ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडान गरिने छ ।सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा रमाउँदै गरेका चित्तल ।समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।जुम्लाको तिला गाउँपालिका– २ स्थानीयवासी कलीबहादुर रावतको पाक्न थालो जुम्ली स्याउ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादनमा ६० प्रतिशत कम हुने रावतले बताउनुभयो । भदौ महिनाको दोस्रो साताबाट स्याउ पाक्न परिपक्का हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्