महालक्ष्मीका ग्राहकलाई कान्तिपुर अस्पतालमा सुविधै सुविधा

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्।

बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/आईसीयू, एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेसन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.