नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ४ बजे सुरु हुनेछ । पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाल अमेरिका विरुद्धको खेलमा उच्च मनोबलसहित मैदानमा उत्रने छ ।

लिग टु अन्तर्गत नै नेपालले गत बैशाखमा घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेल्दा दुबै खेल जितेको थियो ।

नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य लिएको कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.